जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

असार २८ गते (शुक्रबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले आफूले विश्वासको मतको सामना गर्ने बताएका थिए ।

कांग्रेस र एमालेको गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

धेरै टिप्पणी गरिएका