जोडिनुहोस
  • होमपेज
  • जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस–एमाले : शक्ति बस्नेत

जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस–एमाले : शक्ति बस्नेत

काठमाडौं– ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधानको समीक्षा गर्ने बहानामा अनावश्यक संशोधन गर्दै जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस–एमाले हिँड्न खोजेको आरोप लगाए ।

उनले नयाँ गठबन्धनको आधार संविधान तोडफोड गर्नु नै भएको जिकिर गरे । माओवादीका नेता समेत रहेका बस्नेतले अहिलेको परिघटना पार्टी विशेषको मात्रै कुरा नभएको भन्दै देशको समग्र अवस्थाको विषय रहेको धारणा राखे ।

संसदीय व्यवस्थामा को सरकारमा जान्छ भन्ने विषय सामान्य रहेपनि यसले देशलाई पुराउने क्षतिका बारेमा समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

बस्नेतले जनतालाई अधिकारसम्पन्न बनाएर मात्रै मुलुक बन्छ भन्ने माओवादीको स्पष्ट दृष्टिकोण रहेको भन्दै सरकारमा रहेपनि नरहेपछि यसैमा ध्यान केन्द्रीत गर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका