जोडिनुहोस
  • होमपेज
  • बिहानैदेखि भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

बिहानैदेखि भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको हो ।

दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा अति वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम बढेकाले त्यसबाट जोगिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका