जोडिनुहोस
  • होमपेज
  • विश्वमा दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु हुन्छ- महासचिव गुटेर्रेस

विश्वमा दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु हुन्छ- महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ । विश्वभर हरेक दिन लगभग ८०० महिलाको गर्भावस्था र प्रसवको समयमा अनावश्यक मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्।

गुटेर्रेसले हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसमा आफ्नो सन्देशमा यो तथ्याङ्कको खुलासा गरेका हुन् ।

यो वर्ष जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) कार्यक्रमको ३० औँ वार्षिकोत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत गर्ने प्रयास र लगानीलाई गति दिने सङ्कल्प गर्ने वर्ष पनि हुनुपर्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखले बताए ।

कार्यक्रम स्वीकृत भए पछिको दशकहरूमा भएको प्रगतिलाई उल्लेख गर्दै गुटेर्रेसले पहिलेभन्दा धेरै महिलाहरूले आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्यु सन् २००० बाट ३४ प्रतिशतले घटेको छ । महिला आन्दोलन र नागरिक समाज परिवर्तन ल्याउन महत्वपूर्ण रहेको पनि उनले बताए ।

एक्काइसौँ शताब्दीमा पनि लगभग ८०० महिलाहरू हरेक दिन गर्भावस्था तथा प्रसवको समयमा मृत्यु हुनु अपमानजनक अवस्था हो र यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको गुटेर्रेसले बताए ।

केही स्थानहरूमा, महिलाजनित विकृतिले जोखिम ल्याउनेजस्ता महत्त्वपूर्ण बिषयहरूमा सुधार आएको उनले उल्लेख गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका