जोडिनुहोस
  • होमपेज
  • करिव ४ प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या

करिव ४ प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या

काठमाडौँ । वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । यो २०७९/८० को आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो ।

वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर कम्पनीमार्फत जानेहरूमा तीन लाख ५३ हजार जना रहेका छन् । व्यक्तिगत पहुँचको आधारमा ९५ हजार ३८ जना गएका छन् । वैदेशिक रोजगारीमा गई वार्षिक बिदामा आएर श्रम नवीकरण गर्नेहरूमा दुई लाख ८१ हजार रहेका छन् ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २९ हजार ९ सय ३० जना कम गएका हुन् । अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली श्रमिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका थिए । जुन सबैभन्दा बढी हो ।

मलेसिया र कतारले श्रमिक लैजान कटौती गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । मलेसियाले दुई महिनादेखि श्रमिक लैजान पूर्णरुपमा बन्द गरेको छ भने कतारले विश्वकप पछि श्रमिक लैजान कटौती गरिरहेको छ ।

श्रम विज्ञ गणेश गुरुङ नेपालमा आधारभूत आवश्यकता पूरा गर्ने रोजगारी नभएसम्म वैदेशिक रोजगारीमा नेपालीको संख्या बढ्दै गएको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् । उनले वैदेशिक रोजगारीले मुलुकको सिंगो अर्थ प्रणालीलाई नियमित रूपमा सञ्चालन गर्न तेलको काम गर्न थालेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका