जोडिनुहोस
  • होमपेज
  • नेप्से १०२ अंकले बढेर लाग्यो सकारात्मक सर्किट

नेप्से १०२ अंकले बढेर लाग्यो सकारात्मक सर्किट

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बजार खुलेको १ मिनेटमा पोजेटिभ सर्किट लागेको छ ।

शुक्रबार मौद्रिन नीति सार्वजनिक भएसँगै आज आइतबार कारोबारको पहिलो दिन सर्किट लागेको हो ।नेप्सेमा ३.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्दासम्ममा नेप्सेमा १०२.६८ अंकले बढेको छ ।

२७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ५ लाख ५६ हजार ६५९३ कित्ता शेयर कारोबार भएको छ ।सर्किट ब्रेक लाग्दा २०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सर्किट लागेको २० मिनेट पछि फेरी बजार खुल्ने छ । पहिलो सर्किट लागेको २० मिनेटका लागि बजार बन्द रहने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका