राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
मेषः मनोकामना पूरा हुनेछ। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले लाभ हुनेछ। लगानीबाट फाइदा हुने दिन छ। विदेशमा भन्दा स्वदेशमै लगानी गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृषः सोचेर बोल्नु राम्रो हुनेछ। तपाईंको बोलीको प्रभावले दीर्घकालीन असर पार्नेछ। नयाँ संगठन र समीकरणको प्रभावले खुशी मिल्नेछ। गलत निर्णय गरेमा प्रश्न उठ्नेछन्। मर्यादामा बस्ने बानी गर्नु राम्रो होला। परिवारसँगको सम्बन्ध बलियो बन्नेछ।
मिथुनः आज एकपछि अर्को नयाँनयाँ कार्यको सुरुवात हुनेछ। तपाईंको कामको प्रशंसा हुने दिन छ। वैदेशिक रोजगारीका लागि गरेको लगानी भए उल्लेखनीय उपलब्धि हात लाग्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम र परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कर्कटः खर्च बढ्नेछ। नसोचेको ठाउँमा लगानी गर्नुपर्ने हुनसक्छ। नजिकैको ठानेका साथीले नै तपाईंविरुद्ध योजना बनाउने खतरा छ। परिवारभित्र खटपटी बढ्ने खतरा छ। अन्य सबै क्षेत्र खराब भए पनि राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ।
सिंहः समय अनुकूल छ। धार्मिक कार्यमा मन जानेछ। धार्मिक कार्यमा सहभागी भएपछि मन शान्त हुनेछ। दैनिक काम सहज बन्नेछन्। नयाँनयाँ ज्ञान प्राप्त गर्ने हौसला मिल्नेछ। सीपसँगै जाँगर बढ्दा काम सफल बन्नेछ। परिवारसँगको विवादले उग्र रुप लिने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्ने दिन छ।
कन्याः तपाईंको योजना र निर्णय अधुरो रहने जोखिम देखिन्छ। रिसले मन अशान्त हुनेछ। आक्रोशलाई नियन्त्रण गर्नु राम्रो हुन्छ। विदेशको रमझमले मन आकर्षित हुनेछ। परिवारको साथ र सहयोग भने राम्रो प्राप्त हुनेछ।
तुलाः परोपकारको भाव बढ्नेछ। व्यक्तिगत काम भन्दा सामाजिक काममा सक्रिय बन्ने योग छ। सामाजिक कामले तपाईंको प्रशंसा हुनेछ। अर्काको देखेर त्यही गर्न खोज्दा व्यक्तिगत काममा समस्या हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।
वृश्चिकः अढैया शनिदेवका कारण राम्रो बोले पनि नराम्रो अर्थ लाग्नसक्छ। शान्त भएमा धन, मान र सम्मान बढ्नेछ। न्यायपूर्वक गरेको कामको उचित मूल्यांकन हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनुः बोलीम मिठास रहेको छ। शिक्षामा थोरै श्रम गरे पनि राम्रो फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा एकपछि अर्को अवसर प्राप्त हुने दिन छ। लगानी गर्दा ठुलो मन गर्नु राम्रो हुनेछ। तपाईंको पहुँच स्वदेशदेखि विदेशसम्म बढ्नेछ। परिवारसँगको बसाइ शान्त बन्नेछ।
मकरः धन आर्जन गर्ने समय छ। कृषि क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुने दिन छ। मन शान्त राख्न सके दिन राम्रो बन्नेछ। परिवारमा खटपटी बढ्नेछ।
कुम्भः शनिदेवको छाया योग छ। झुटा आरोप लाग्ने खतरा हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर मन शान्त पार्न सक्नुहुन्छ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भए दिन राम्रो बन्नेछ।
मीनः समय रमाइलो छ। कमाइको केही अंश धार्मिक कार्यमा खर्च गर्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटबाट नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। आफ्नो उचाई भुल्न गएमा समाजमा विवाद बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।