जोडिनुहोस
  • होमपेज
  • इजरायली आक्रमणमा दुई जनाको मृत्यु

अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

लेबनान । लेबनानको दक्षिणमा इजरायली आक्रमणमा सोमबार दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस क्षेत्रमा गाजा युद्ध सुरु भएदेखि हेजबुल्लाह समूहले इजरायलसँग दैनिक आक्रमण गरिरहेको छ ।

गत हप्तादेखि, तेहरानमा हमासका नेता र बेरुतमा हेजबुल्लाहका सैन्य प्रमुखको हत्याको बदला लिने वाचा गरेका हेजबुल्लाहसहित इरान र तेहरान समर्थित समूहका क्रियाकलापले मध्यपूर्वमा तनाव बढिरहेको छ ।

आक्रमणमा दुई जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आक्रमणमा मारिएकामध्ये एकजना ‘रिसाला स्काउट्स प्यारामेडिक’ रहेको लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सीमाबाट दुई किलोमिटरभन्दा कम दुरीमा रहेको गाउँ मैस अल–जबलले सीमापार झडप सुरु भएदेखि भारी आक्रमणको सामना गरेको छ भने अधिकांश बासिन्दा प्रभावित क्षेत्र छोड्न बाध्य छन् ।

सोमबार हेजबुल्लाह समूहले लेबनानमा इजरायली ‘आक्रमण र हत्या’को प्रतिक्रियामा इजरायलका सैन्य स्थलमा विस्फोटक पदार्थसहितका ड्रोन आक्रमण गरेको जनाएको छ ।

एएफपीका अनुसार अक्टोबरदेखि सुरु भएको सीमापार आक्रमणमा लेबनानमा कम्तीमा ५४९ जनाको मृत्यु भएको छ र उनीहरूमध्ये अधिकांश लडाकु र सर्वसाधारण छन् ।

इजरायली सेनाका तथ्यांकअनुसार इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्ससहितका क्षेत्रमा २२ जना सैनिक र २५ जना सर्वसाधारण मारिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका