जोडिनुहोस
  • होमपेज
  • द भाइब्ज ब्यान्डले ल्यायो पहिलो एआई भिडियो

द भाइब्ज ब्यान्डले ल्यायो पहिलो एआई भिडियो

द भाइब्ज ब्यान्डले नेपालको टेलिभिजन इतिहासमा पहिलो पटक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी बनाइएको म्युजिक भिडियो सार्वजनिक गरेको छ।नेपालसंगै अमेरिकामा समेत ख्याति आर्जन गरेको नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो लोकप्रिय गीत थाकिसकेंमाथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुमार्फत सार्वजनिक गरेको हो। एआईबाट निर्मित म्युजिक भिडियो नेपालको टेलिभिजन इतिहासमा पहिलोपटक प्रसारण गरिएको हो।

एआईलाई दिइएको निर्देशनबाट निर्मित सो भिडियोमा एआईले सिर्जना गरेका युवायुवतीको प्रेम र विछोडको दृश्यलाई मनमोहक ढंगले देखाइएको छ। भिडियोमा देखिने मायामा फसेका युवा युवती कृतिम हुन्। ती चरित्र एआईले सिर्जना गरेका कृतिम चरित्र हुन्। चरित्र मात्र होइन, भिडियोमा देखिने सबै दृश्य पनि एआईकै सिर्जना हो। दिएको निर्देशनका आधारमा एआईले तयार पारेको हो। तर ती चरिचत्रदेखि दृश्यसम्म सबै वास्तविकभन्दा कम लाग्दैनन्। ती युवायुवती र दृश्य वास्तविक हुन् या कृतिम भनेर छुट्टयाउन जो कोहिलाई कठिन पर्छ।

भिडियोमा एआईबाट सिर्जित इनडोर र आउटडोर दृश्यका साथमा कफी सपदेखि गाउँ –शहरका विभिन्न रमणीय दृश्य, ड्राइभिङका दृश्य, मठ–मन्दिरका दृश्य, दनदनी बलेको आगोका साथै बेहुली रोचक लाग्छ। मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईजस्ता सप्mटवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ तथा अजय भट्टराईको स्क्रिनप्ले रहेको छ।विवेक पोखरेलको शब्द रचना, विश्व विख्यात ग्रार्मी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहंको बा“सुरी रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ।

सन् २००८ मा सार्वजनिक ब्यान्डको द भाइब्ज जेनरेसन एल्बममा समावेश सो चर्चित गीत ब्यान्डले इम्प्रोभाइज गरी फेरि एक पटक एआई जेनरेसनका लागि पस्किएको छ।

संगीतमा नयाँ –नयाँ एक्सपेरिमेन्ट गर्ने द भाइब्ज ब्यान्डले विभिन्न खालका गीत–संगीत सिर्जना गर्दै आएको छ। टेक्नोलोजिमा सधैं एक्सप्लोर गर्न माहिर भाइब्ज ब्यान्डले सो समयमै थाकिसकेको म्युजिक भिडियो पहिलोपटक १० हजार डलर खर्च गरेर क्यालिफोर्नियाका विभिन्न स्थानमा छायांकन गरी सार्वजनिक गरेको थियो।

त्यति बेला नेपालकै सर्वाधिक महँगो म्युजिक भिडियोका रूपमा रहेको गीतको पुरानो भिडियोमा शैलेन्द्र डि कार्कीले निर्देशन र छायांकन गरेका थिए। यो गीतले सन् २००९ को इमेज अवार्ड र हिट्स एफएम अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड चुम्न सफल भएको थियो। ब्यान्डले निर्मोही, तस्वीर तिम्रो, काठमाडौं सिटीजस्ता चर्चित गीत ल्याइसकको छ। ब्यान्डमा भोकलिस्ट प्रइन सिंह छन् भने ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बा“सुरीमा मनोज सिंह रहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका