जोडिनुहोस
  • होमपेज
  • बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध

बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

नदीको पानी सडक किनार र बस्तीसम्म आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनुहुनेले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । विभागले यसअघि बिहान बिहान ३ बजेर ३० मिनेटमा पनि उपत्यकाको मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले उपत्यकाको नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका