जोडिनुहोस
  • होमपेज
  • भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

बनियानी । भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बलको टोलीले बुद्ध शान्ति गाउँपालिका-७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।

बुद्ध शान्ति-७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।

यसैगरी अर्को टोलीले मेचीनगर-६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका