जोडिनुहोस
  • होमपेज
  • कांग्रेस-एमालेका विमतिका विषयलाई जबरजस्ती ढाकछोप गरे सरकार दुर्घटनामा पर्छ : महामन्त्री शर्मा

कांग्रेस-एमालेका विमतिका विषयलाई जबरजस्ती ढाकछोप गरे सरकार दुर्घटनामा पर्छ : महामन्त्री शर्मा

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमतिका विषयहरूमा चुप लागेर बस्नका लागि कांग्रेस र एमालेको गठबन्धन नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले दुई दलबीच विमतिका विषयमा थाती राखेर अघि बढ्न गठबन्धन नबनेको दाबी गरेका हुन्।

उनले एमालेसँग भएका विमतिका विषयवस्तुलाई जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने बताए। ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेका बीचमा भएका विमतिका विषय वस्तुहरूलाई हामीले तिलाञ्जली दियौं,जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ।’ महामन्त्री शर्माले भने,‘हामीले गर्ने के हो यसलाई सहजतापूर्वक लिने हो। एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ, एमाले हामीसँग कैयौं कुरामा असहमत छ, राजनीतिमा हुन्छ नि त। नेकपा एमालेका सबै दृष्टिकोणसँग सहमत भयौं हामी भने, हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि त। हाम्रो पार्टी, विचार, पृष्ठभूमी, संगठन, सोचाइ नै फरक हो नी त, पृष्ठभूमि नै फरक हो नि त।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महसुस होला भनेर कांग्रेस चुप लाग्ने र शेरबहादुर देउवालाई महसुस होला भनेर एमाले चुप लाग्नुकोकुनै अर्थ नहुने बताए। उनले आफूहरूबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबी समेत गरे।

उनले सरकारको गतिविधिमा, काममा,संयममा वर्तमान सरकारको भविष्य निश्चित रहेको दाबी गरे। ‘मिल्दै गर्दाखेरी चुपचुप, चुपचुप भत्किन्छ, भत्किन्छ, केही बोल्यो भने केपी कमरेडलाई फिल होला भनेर कांग्रेसले सोच्ने थाल्ने, केही बोल्दाखेरी एमालेका साथीहरुलाई शेरबहादुर देउवा हाम्रो पार्टी सभापतिलाई फिल होला भनेर चुप लाग्न थाल्ने !’ उनले भने, ‘हामीले चुप लाग्नका लागि यो गठबन्धन बनाएको होइन। यो गठबन्धन बनाउँदै गर्दा खेरि विमतिको बीचमा सहमति गरेर गएका छौं। जति विमति छन् कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने कुरा होइन। ’

महामन्त्री शर्माले कांग्रेस र माओवादीको गठबन्धन सरकार हुँदा पनि माओवादीले महाधिवेशनको दस्ताबेजमा दस्तावेजमा असन्तुष्टि जनाउँदा के लेख्ने भन्नेकुरा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई सोधेर लेख्दैन भनेर जवाफ दिएको स्मरण गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका