जोडिनुहोस
  • होमपेज
  • धरानमा खानेपानी विवाद : यस्ता छन् हर्क साम्पाङ र आन्दोलनरत राजनीतिक दलबिच भएका सहमति

धरानमा खानेपानी विवाद : यस्ता छन् हर्क साम्पाङ र आन्दोलनरत राजनीतिक दलबिच भएका सहमति

धरान । धरानमा खानेपानीको महशुल बढाएपछि आन्दोलन विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच सहमति भएको छ । आइतबार भएको वार्तामा मेयर साम्पाङ र राजनीतिक दलबिच ३ बँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।

यस्ता छन् २ पक्षबिच भएका सहमति :

१. खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआउन्जेलसम्म पुरानो महसुल दर यथावत राखी पुर्नविचार गर्ने

२. धरान खानेपानी व्यवस्थापन बोर्डको पूर्णताको विषयमा सम्मानित उच्च अदालतमा विचाराधिन रहेको हुनाले सम्मानित अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार गर्ने

३. धरान खानेपानी बोर्डको आय व्यय विवरण ७ दिनभित्र सार्वजनिक गर्ने

धरान खानेपानी व्यवस्थापन बोर्डले गत साउन २ गते एक सूचना जारी गर्दै खानेपानी शुल्क बढाएको जानकारी गराएको थियो । बोर्ड र उपमहानगरले मनोमानी ढंगले खानेपानी शुल्क वृद्धि गराएको भन्दै विभिन्न राजनीतिक दलले क्रमबद्ध रुपमा आन्दोलका कार्यक्रम चर्काएका थिए ।

प्रदर्शनकारीले उपमहानगरपालिका कार्यालय घेराउदेखि तोडफोडसमेत गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका