जोडिनुहोस
  • होमपेज
  • हवाई सुरक्षाबारे मन्त्री पाण्डेले लिए सुझाव

हवाई सुरक्षाबारे मन्त्री पाण्डेले लिए सुझाव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गरेका छन्।

छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन,अवलम्बन गरेका असल अभ्यासका विषयमा छलफल भएको हो। त्यस्तै भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँ ठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्ने लगायतका विषयमा नेपाली सेनाले सुझाव दिएको छ।

एक महिनामा एउटा जहाज र एउटा हेलिकप्टर दुर्घटना भएपछि उनले रक्षामन्त्री, प्रधान सेनापतिका साथै दुई मन्त्रालयका सचिवहरूसँग सामूहिक छलफल गरेका हुन्। नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका थिए।

हालै भएका हवाइ दुर्घटनाको छानवीन समिति गठन भएको भए पनि अध्ययन प्रतवेदन भने आउन बाँकी रहेको छ। अनुभव साट्ने क्रममा नेपाली सेनाका अधिकारीहरुले हवाई सुरक्षाका लागि ओभरअल सिस्टम र नियमकानुनको कमी नभएको तर कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएको थियो।

नेपाली सेनाको हवाई सुरक्षाका सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) को गाइडलाइन फलो गर्न नपरेको प्रष्ट पारेको छ। त्यसैगरि धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नगारिक उड्डयन प्राधिकरण (क्यान), आईसीएओ र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा समेत सुझाव दिइएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका