जोडिनुहोस
  • होमपेज
  • परिणाम आउने गरी काम गर्ने प्रधानमन्त्री ओलीको दाबी

परिणाम आउने गरी काम गर्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले या कसैलेपनि औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेसका सांसद डा. नारायण खड्काको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनतामा निराशा नहोस भनेर सरकारले कामना मात्रै नगरेको बरु काम गरेको दाबी गरे । उनले भने,‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै सुविधा छैन् । कुनै छुट छैन् ।’

उनले अहिलेपनि २० प्रतिशतभन्दा माथि जनता निरपेक्ष गरिबीको रेखामा रहेको भन्दै यसबाट जनतालाई माथि उठाउनेगरि काम गर्ने सुनाए । उनले सन् २०३० सम्म दिगो विकास गन्तव्यमा पुर्याउनुपर्नेमा पनि जोड दिए ।

उनले अहिलेपनि देशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या व्याप्त रहेको सुनाए । तर, यो सरकारले समस्या नल्याएको उनको जिकिर छ । उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका