जोडिनुहोस
  • होमपेज
  • भाद्र कृष्ण पञ्चमी: कोलमती घाटस्नान गरिँदै

भाद्र कृष्ण पञ्चमी: कोलमती घाटस्नान गरिँदै

काठमाडौं।प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान शनिबार गरिँदैछ।

यो दिन कागेश्वरी नगरपालिका–४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड नेपाल माहात्म्यमा उल्लेख छ। बागमती नदीको तीर वर्णनका क्रममा नेपाल माहात्म्यको १२८ अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ। कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने बताइएको छ।

कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुकुन्द देवकोटाले बताए। कोलमती बागमतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ।

कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यस स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ।

कोलमती घाटभन्दा केही माथि कोलमतेश्वर महादेव मन्दिर रहेको छ । हाल यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर पनि निर्माण गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका