जोडिनुहोस
  • होमपेज
  • साफ यू–२० च्याम्पियनसिपको उपविजेता नेपाली टिमका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने

साफ यू–२० च्याम्पियनसिपको उपविजेता नेपाली टिमका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने

काठमाडौं । घरेलु मैदानमा भएको साफ यू–२० च्याम्पियनसिपको उपविजेता बनेको नेपाली युवा टिमका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने भएका छन् ।

एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले उपविजेता टिमका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै, टिमलाई प्रतियोगिता अवधिभर टिकटबाट उठेको रकमको २० प्रतिशत पनि पुरस्कार स्वरुप प्रदान गरिने एन्फाले जनाएको छ ।

जसअनुसार खेलाडीहरूले जनही थप १५ हजार ४० रुपैयाँ पाउने छन् । टिमका प्रशिक्षक उर्जन श्रेष्ठले पनि ५० हजार रुपैयाँ पाउने छन् । सहायक प्रशिक्षक ससेन्द्र धिमाल, राजु सिंह महर्जन, टिम म्यानेजर रवीन खड्का र फिजियो अनिश बुढाथोकीले समान २५ हजार रुपैयाँ पाउने छन् । अगस्ट १८ देखि २६ सम्म एन्फा मुख्यालयमा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका