जोडिनुहोस
  • होमपेज
  • पहिरोले घर पुरिदाँ बेपत्ता वडासदस्य दम्पतीको शव फेला

पहिरोले घर पुरिदाँ बेपत्ता वडासदस्य दम्पतीको शव फेला

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा गएराति गएको पहिरोले घर पुरिदाँ बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुुसार पहिरोले पुरिँएका दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको हो ।

गएराति आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने सहित पति समेत बेपत्ता भएका थिए । बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको जानकारी दिए ।

पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ। घाइते भएकी सम्झानालाई आइतबार बिहान १० बजेको समयमा हेकिप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतका उपचारका लागि पठाइएको वडाध्यक्ष महताराले बताए ।

सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया बिमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका