जोडिनुहोस
  • होमपेज
  • १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो,आइतबार निर्णय गरिने

१७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो,आइतबार निर्णय गरिने

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकेको छ ।

आज बिहीबार विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरेसँगै १७ देशकै प्रस्तावित राजदूतको सुनुवाइ सकिएको हो ।

प्रस्तावित राजदूतबारे संसद् संसदीय सुनुवाइ समितिले भदौ ३० गते निर्णय गर्ने बताएको छ । समितिको अर्को बैठक भदौ ३० बिहान ९ बजेका लागि बोलाइएको छ ।

सरकारले गत साउन १४ को मन्त्रिपरिषद् बैठकबाट विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

सरकारले भारतका लागि डा शङ्करप्रसाद शर्मा, चीनका लागि डा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको थियो ।

त्यस्तै पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका