जोडिनुहोस
  • होमपेज
  • कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका