जोडिनुहोस
  • होमपेज
  • नदी मापदण्डविरुद्धको प्रदर्शनमा महत्तो सुते सडकमा

नदी मापदण्डविरुद्धको प्रदर्शनमा महत्तो सुते सडकमा

काठमाडौं । संविधान दिवसको दिन काठमाडौंको सडकमा नदी किनारको खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध भएको प्रदर्शनमा पूर्वमन्त्री राजेन्द्र महतोले पनि सहभागी जनाएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिवधि गरिरहेका महत्तो बिहीबार उपत्यकाका नदी किनारका बासिन्दाले गरेको प्रदर्शनमा सहभागी भएका हुन् । मुक्ति क्रान्तिको अभियानमा सहभागी नेता सुमन सायमीले पनि सहभागीता जनाएका छन् । उनीहरुले माइतीघरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले हालै एक फैसलामा वाग्मती, विष्णुमती लगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरुको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् । अदालतको आदेश अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त स्थानमा बनेका संरचनाहरु हटाउने तयारीका साथ सुचना जारी गरेका थिए ।

तर सरकारले अदालतको आदेश अनुसार महानगरले काम गर्दा हजारौँ नागरिकहरु घरबारविहीन् हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महानगरलाई त्तत्काल नदि किनारमा बनेका संरचनाहरुल नहटान निर्देशन दिएपछि मेयर बालेन रिसाउँदै प्रधानमन्त्री ओलीसँग प्रतिवाद गरेका थिए । त्यसपछि सरकारले अदालतको आदेशविरुद्ध भ्याकेट निवेदन दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका