जोडिनुहोस
  • होमपेज
  • च्याम्पियन नेपाल पुलिसका खेलाडीलाई भव्य स्वागत

च्याम्पियन नेपाल पुलिसका खेलाडीलाई भव्य स्वागत

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिसका खेलाडीलाई भव्य स्वागत गरिएको छ । सोमबार बिहान स्वदेश फर्केको टोलीलाई प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले भव्य स्वागत गरेका हुन् ।

पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

माल्दिभ्सको मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५–१६, २५–२२, २५–२३ ले पराजित गर्दै उपाधि जितेको थियो ।

६ टोली सहभागि प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका