जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति

बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति

काठमाडौँ । देशका अधिकांश स्थानमा परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा करिब ५ अर्ब ८३ करोड बराबरको क्षति भएको छ । असोज १० गतेदेखि परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषि सम्बन्धी पूर्वाधार, आपूर्ति शृङ्खला लगायतमा ५ अर्ब ८३ करोड क्षति पु-याएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर धानवाली नष्ट भई ३ अर्ब ५० करोड बरावरको क्षति भएको छ । सो क्षति सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेबाट संकलन गरिएको हो । यस्तै, १३ सय हेक्टर अलैँची नष्ट भई ७० करोड रुपैयाँ बरावरको क्षति भएको मन्त्रालयले जनाएको छ । सो क्षति खोटाङ जिल्लाको हो ।

पर्साको ८५ हेक्टर क्षेत्रफलको उखु क्षति भएको छ । सो क्षेत्रमा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै, पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशुगोठमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, बाढी पहिरोमा परी २६ हजार २०५ पशुपन्छी मृत्यु भएको छ । यो क्षति पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लाको रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहट जिल्लाको २२ हेक्टर फलफुल बगैचामा क्षति भएको छ । यस्तै, खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साको ४ हजार ७४३ हेक्टर तरकारी बालिमा नष्ट भएको मन्त्रालयको तथ्यांक छ ।

यस्तै, बाढी पहिरोका कारणले २ वटा कोल्डस्टोरमा पनि क्षति पुगेको छ । कृषि मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनाको १६ करोड बराबरको क्षति भएको तथ्यांक छ । सो संरचना लालवन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिकल कीर्तिपुर, मार्फा, नवलपुरको रहेको उल्लेख छ । कृषि मन्त्रालयले अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका