जोडिनुहोस
  • होमपेज
  • लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालले गर्यो कडा निन्दा

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालले गर्यो कडा निन्दा

काठमाडौं। नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ।

युनीफिल अर्थात् राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ।

सो घटनाविरुद्ध परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालका तर्फबाट निन्दा गरेको हो। ‘नेपाल हालै युनीफिल शान्ति सैनिकमाथि भएको हमलाको कडा निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘र, सङ्घर्षरत दुवै पक्षलाई उनीहरू (शान्ति सैनिक)को सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ। यस्ता गतिवधि तुरन्त रोक्न र घटनाको विस्तृत अनुसन्धान गर्न आवश्यक छ।’

इजरायलले लेबनानमा हिजबुल्लाहलक्षित हमला गरिरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका