जोडिनुहोस
  • होमपेज
  • बुद्ध एयरको इन्जिनमा समस्या, काठमाडौँमा आकस्मिक अवतरण

बुद्ध एयरको इन्जिनमा समस्या, काठमाडौँमा आकस्मिक अवतरण

काठमाडाैँ । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएको छ । बिहान साढे ६ बजे उडेको उडान नम्बर १०० नाइन एन एजेएस कलसाइन भएको बुद्ध एअरको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

बिहिबार बिहान उडेको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ अवतरण गराइएको बुद्ध एअरले जानकारी दिएको छ । ‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरि काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन्,’ बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

३५ जना यात्रु लिएर माउन्टेन प्लाइटका लागि उडेको सो जहाज उडेको १५ मिनेटमै काठमाडौँमा अवतरण गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका