जोडिनुहोस
  • होमपेज
  • रास्वापा सभापति रवि र पूर्व डीआईजी छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रास्वापा सभापति रवि र पूर्व डीआईजी छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ।

गत शुक्रबार पक्राउ परेका रविलाई यसअघि ६ दिन म्याद दिएको थियो। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए।

उनलाई सोही दिन राति पोखरा लगिएको थियो। शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो।

अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो। उनीमाथि सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ।

सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका