जोडिनुहोस
  • होमपेज
  • तीन महिनामा ६ अर्बको खाद्यान्न आयात

तीन महिनामा ६ अर्बको खाद्यान्न आयात

काठमाडौं। नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो।

यस्तै सो तीन महिनामा १ करोड ७ लाख ५७ हजार रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात गरिएको छ। चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब ९६ करोड १३ लाख ३३ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ।

यस्तै, सो कारोबारबाट सरकारले ६३ करोड २७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ। सो अवधिमा १ लाख २४ हजार ११८ मेट खाद्यान्न आयात भएको हो।

यी खाद्यान्न चीन, भारत, ब्राजिल, थाइल्याण्ड लगायत मुलुकबाट आयात हुन्छ। यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका