जोडिनुहोस
  • होमपेज
  • नेवार समुदायमा नेपाल संवतलाई स्वागत गर्दै म्हपूजा

नेवार समुदायमा नेपाल संवतलाई स्वागत गर्दै म्हपूजा

काठमाडौं : नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४५ लाई नेवार समुदायले म्हपूजा(आत्मपूजा) गरी स्वागत गरेको छ। यसै अवसरमा पालिज्ञा स्वाँ नेवा पूचःले शनिबार साँझ सामूहिक म्हपूजा गरेको छ। कंकेश्वरी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा अष्टचिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्किने आकर्षक मण्डप बनाई सामूहिक म्हपूजा गरिएको हो।

कार्यक्रममा राप्रपाका सहकोषाध्यक्ष शोभित उप्रेतीले समाज निर्माणमा नेवार समुदायको योगदान, नेवारी कला संस्कृति, रहनसहन, वेशभूषा र परम्परा समृद्ध रहेको बताए।  उनले संस्कृति जर्गेनाका लागि पालिज्ञा स्वाँ नेवाः पूचले खेलेको भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा संस्थाका अध्यक्ष एवं राप्रपाका नेता नवीन शाहीले नेपाल संवत् र नेवार समुदायमा म्हपूजाको महत्त्वबारे चर्चा गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका