जोडिनुहोस
  • होमपेज
  • कस्तो छ आजको मौसम पूर्वानुमान ?

समाचार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • Sagarmatha TV
  • मङ्लबार, कार्तिक २०, २०८१
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका धेरे भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । देशका पहाडी भू-भागका थोरै र अन्य भू-भागका एक दुइ स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी प्रदेश लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका