जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • बारामा बस दुर्घटना हुँदा ७ जना घाइते

बारामा बस दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं– बाराको पूर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।

केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका निम्ति सिमरा अस्पतालमा पठाइएको छ भने घाइतेहरूको पहिचान अझैसम्म खुल्न सकेको छैन।