काठमाडौं। स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ। साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
यससँगै उम्मेदवारले बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। यसपछि दिउँसो ३ देखि साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ। कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाले उम्मेदवारी दिएका छन्।