काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीको बक्यौता उठाउन नसक्ने तर उद्योगीको लाइन काट्दै हिँड्ने भन्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै आक्रोश व्यक्त गरेका छन् ।
नेकपा एमालेले काठमाडौंको दरवारमार्गमा आयोजना गरेको ’जागरण सभा’लाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ’बक्यौता उठाउन नसक्ने, अनि लाइन काट्दै हिँड्ने । अर्थतन्त्र ध्वस्त बनाउन खोज्ने, रोजगारी खोस्ने काम भइरहेको छ ।’
उनले अहिले ऋण लिएर थुपार्ने काममा यो सरकार नलाग्ने पनि बताए । उत्पादनमा जोड दिने र बिस्तारै आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने उनको भनाइ थियो ।