नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी शनिबार पोखरा पुगेका छन् । पोखरामा उनले पेन्सन भुक्तानी कार्यालयको परिसरमा भेला भएका भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गरेका थिए ।
भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सम्मान गरेका छन् ।
उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै उनीहरुसँग जनरल द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना)की अध्यक्ष सुनीता द्विवेदीले छलफल गरेका थिए ।