काठमाडौं। निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ।
आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको हो।
निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको जनाएको छ। ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो।
कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्र शिवशरण र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमानलाई सघाउने निर्णय लिएका छन्।
आइतबार कीर्तिपुरको मेयरका लागि मतदान हुँदैछ ।