जोडिनुहोस
  • होमपेज
  • रामेछाप दुर्घटना ; वडाअध्यक्ष बस्नेतको शोकमा भोलि गाउँपालिकामा बिदा

रामेछाप दुर्घटना ; वडाअध्यक्ष बस्नेतको शोकमा भोलि गाउँपालिकामा बिदा

जीप दुर्घटनामा वडा अध्यक्षको ज्यान गएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकाले भोलि शोक बिदा दिएको छ । गाउँपालिकाले शोकपत्र जारी गर्दै भोलि गाउँपालिकाभर शोक बिदा दिएको जानकारी गराएको हो ।

हिजो काठमाण्डौबाट गोकुलगङ्गातर्फ गुडिरहेको जीप दुर्घटना हुँदा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो । जीप दुर्घटनामा परी वडाअध्यक्ष बस्नेत सहित हुँदा गोकुलगङ्गा गाउँपालिका ५ की ३० वर्षीया कविता कार्की ९खड्का०, कविताकी छोरी ७ वर्षीया स्वस्तिका, हुँदा गोकुलगङ्गा ४ कै साबिना बिक र गाडी चालक रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँका हिराबहादुर कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा हुँदा गोकुलगङ्गा–४ बेतालीकी सरस्वती कार्की र मृतक सबिनाका छोरा ४ वर्षीय सवीन बिक र कास्कीको लेखनाथ नगरपालिकाका केश बर्मा घाइते भएका छन् । घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । जीप सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका