काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरूमा मोबाइल धेरै हेर्ने समस्या देखिएकाले केही समय खेलकुद क्षेत्रमा लगाउन सुझाव सुझाव दिएका हुन् ।
उनले बालबालिकाहरू खेलकुदलगायत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुचि बढ्ने जिकिर गरे ।
मन्त्री चौधरीले बालबालिकाहरूको रुचि अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए ।