जोडिनुहोस
  • होमपेज
  • प्रचण्डले अस्थिरताको बीउ रोपेको पोखरेलको आरोप

प्रचण्डले अस्थिरताको बीउ रोपेको पोखरेलको आरोप

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका छन् ।

शुक्रबार नवरपरासीको गैडाकोटमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अस्थिरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको बताए ।

३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनको भनाइ छ । महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायित्व र विकासका लागि भएको जिकिर गरे ।

अहिले ठूला दल मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनको भनाइ छ । महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासनमा बस्न नसकेका कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताए । पार्टीले स्पष्टीकरण मागे पनि त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलको भनाइ छ ।

अन्य दुई नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको उनले बताए । निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनले पार्टी भित्रै प्रभावकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन उक्त कार्य गरिएको पोखरेलको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका