जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरिया विमान दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ८५ पुग्यो

दक्षिण कोरिया विमान दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ८५ पुग्यो

काठमाडौं। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । ज्यान गुमाउनेमा ४६ महिला र ३९ पुरुष छन् ।

योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ । दुवैजना चालक दलका सदस्य हुन् । १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार विहान दुर्घटनामा परेको हो ।

१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए । आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार कार्य जारी रहेको जनाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ । दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका