जोडिनुहोस
  • होमपेज
  • अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ । गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य शुरु गरेका थिए ।

सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘करिब एक हप्ताको अन्तरालमा १२ व्यक्ति शव पानीको गहिराइबाट निकालिएको छ ।’ ‘बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी छ,’ विज्ञप्तिमा भनिएको छ । पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पुराना सवारी साधन र चालकको लापर्बाहीका कारण घातक यातायात दुर्घटनाहरू हुने गरेका छन् । पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुङ्गा पल्टिँदा डुङ्गामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो । पाकिस्तानमा मनोरञ्जनका लागि प्रयोग गरिने डुङ्गा र सानातिना काममा प्रयोग हुने मोटरबाट चल्ने डुङ्गा प्रायः ओभरलोड हुन्छन् जसले दुर्घटना निम्त्याउने गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help