जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रपति पुटिनले गरे २०२५ देखि २०२७ सम्मका लागि सङ्घीय बजेट अनुमोदन

राष्ट्रपति पुटिनले गरे २०२५ देखि २०२७ सम्मका लागि सङ्घीय बजेट अनुमोदन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गरेका छन् । उनले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गरेका छन् । सन् २०२५ मा रूसको राजस्व करिब ३७८.५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने खर्च ४१ ३९० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ, जसबाट देशको कुल गार्हस्थ्य उत्पादनको ०.५ प्रतिशत घाटा हुनेछ ।

रुसको कुल गार्हस्थ्य उत्पादन सन् २०२५ मा २.०२ ट्रिलियन डलर, २०२६ मा २.१७ ट्रिलियन डलर र २०२७ मा २.३३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२५ मा मुद्रास्फीति ४.५ प्रतिशत र त्यसपछिका वर्षहरूमा चार प्रतिशतभन्दा तल रहने अनुमान गरिएको छ ।

बजेटमा उल्लिखित प्रमुख प्राथमिकताहरूमा सामाजिक दायित्वहरू पूरा गर्ने, राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सुनिश्चित गर्ने, प्राविधिक सम्प्रभुतालाई अगाडि बढाउने र पूर्वाधार विकास गर्ने सामाजिक नीतिहरूको लागि कुल १९७.३ अर्ब डलर, रक्षा र कानून प्रवर्तनको लागि १३१.५ अर्ब डलर र अर्को तीन वर्षमा राष्ट्रिय आर्थिक विकासको लागि १३१.५ अर्ब छुट्टाइएको छ ।