जोडिनुहोस
  • होमपेज
  • कान्तिलोकपथ चार दिन पूर्णरुपमा बन्द हुने

कान्तिलोकपथ चार दिन पूर्णरुपमा बन्द हुने

काठमाडौँ। कान्तिलोकपथ (काठमाडौँ–हेटौंडा सडक) चार दिन पूर्णरुपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलद्वारा जारी सूचनामा यही जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने उल्लेख छ ।

यो अवधिमा हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका