जोडिनुहोस
  • होमपेज
  • कार दुर्घटनामा उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलसहित ३ जना घाइते

कार दुर्घटनामा उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलसहित ३ जना घाइते

तानसेन पाल्पाको तानसेन –५ सेतीपोखरी नजिक शुक्रबार बेलुकी कार दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते र एकको अवस्था गम्भीर छ।

बुटवलबाट पाल्पा हुँदै गुल्मी जाँदैगरेको बा ११ च ६५५६ नम्बरको कार दुर्घटना हुँदा गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, गुल्मीका रामप्रसाद पन्थी र मृगेन्द्र्रप्रसाद श्रेष्ठ घाइते भएको गुल्मी प्रहरीले जनाएको छ।

तीन जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road 2 Game Free Money Demo + Download App apk