जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • २ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ४ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ६ घन्टा अगाडि
  • ६ घन्टा अगाडि
  • होमपेज
  • सन्दीपको मुद्दामा फैसलाअघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज

सन्दीपको मुद्दामा फैसलाअघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै न्यायाधीशहरु संक्षिप्त फैसलामा जुटेका छन् । त्यसअघि न्यायाधीशहरु गौशाला–२६ माथि जबरजस्ती करणी भएको भनिएको होटलको सीसीटीभी फुटेज हेरेका छन् । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेका हुन् । उच्चमा लामिछानेको मुद्दामा बहस सकिएसँगै न्यायाधीशद्वयले सन्दीप र गौशाला-२६ सोही होटल प्रवेश गर्दा र बाहिरिँदाको सीसीटीभी फुटेज हेरेका हुन् ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौँ र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौँ ल्याई एक होटेलमा राखेर बलात्कार गरेको बताएकी थिइन्। पीडितको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौँ महानगरपालिका–९ स्थित एक होटेलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले उनीमाथि बलात्कार गरेको दाबी अभियोग पत्रमा गरिएको छ।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो। पीडित किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ।

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौँबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौँ फर्किएको किशोरीको भनाइ थियो । काठमाडौँ आइसक्दा रातिको ११ बजिसकेको र होस्टल ९छात्रावास० बन्द हुने भन्दै एक होटेलमा कोठा बुक गरेर उनीहरू बसेका थिए। सोही होटेलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs