जोडिनुहोस

हालको खबर

Melhores casinos online sobre Portugal 2025
  • ४ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ८ मिनेटutes अगाडि
Casa da gioco Online in Sagace per 500 Giri Gratuiti
  • ३१ मिनेटutes अगाडि
  • होमपेज
  • अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए। उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरूको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे।

कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।