जोडिनुहोस
  • होमपेज
  • आजबाट मलाई ‘महानायक’ सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्छु:दीपकराज गिरी

आजबाट मलाई ‘महानायक’ सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्छु:दीपकराज गिरी

काठमाडौं। चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले आफूलाई ‘महानायक’ भन्दै व्यंग्य गर्नेहरुलाई सामाजिक सञ्जालबाट ब्लक गरिदिने बताएका छन्  । आज बिहान दीपकराजले फेसबुकमा स्टाटस  लेख्दै यस्ते बताएका हुन् ।

उनले लेखेका छन् , ‘फेसबुकको पर्खाल आफ्नो विचार पोख्ने थलो हो , यहॉ आफूलाई के मन पर्छ त्यो लेख्ने हो दुनियॉलाई के मन पर्छ त्यो लेख्ने होइन,शुभदिन ।’

 उनको यो स्टाटसमा  ‘महानायक’ भन्दै  आएपछी उनले आफ्नै स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘अर्को सानो जानकारी गराउँदैछु । आजबाट जस जस्ले मलाइ महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाइ मेरो फेसबुकमा ब्लक गर्दैछु , यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु तर मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन फरक विचार स्वागत, असभ्यता अस्वीकार शुभदिन !’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances