जोडिनुहोस
  • होमपेज
  • रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ

रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ

काठमाडौं। रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ। ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ।

विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो।

उनीहरुलाई गत कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेको हो। त्यहाँ उनीहरु कल सेन्टरमा काम गर्थे। जसमा १२ जना महिला विद्यार्थी रहेका छन्।

पक्राउ लगत्तै प्रहरीले स्थानीय अदालतमा पेस गरेको थियो। गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरुलाई मस्कोबाट ६० किलोमिटर टाढा पर्ने शाखा रवाहस्थित डिपोर्टटेशन सेन्टरमा राखिएको छ। उनीहरुलाई नेपाल पठाउने तयारी भइरहेको छ। जसमा तीन महिनादेखि डेढवर्ष अगाडि रुस आउनेहरु छन्।

‘ती नेपालीको विद्यार्थीको हैसियतमा बस्न पाउने भिसा छ। यसले मात्रै काम गर्न पाइँदैन। काम गर्नको लागि कम्पनीसँग करारपत्र हुनुपर्छ। उनीहरुले विश्वविद्यालयबाट पढिरहेको कागज पनि ल्याउन सकेनन्। दोस्रो उनीहरुले काम गरेको करारपत्र पनि ल्याउन सकेनन्,’ अध्यक्ष तिमल्सिनाले भने,‘ती दुई वटा कागजपत्र पेश गर्न सकिएको भए अपिलको लागि वकिलको व्यवस्था गरिदिन सकिन्थ्यो। वकिलले डिपोर्ट रोक्नको लागि अपिल गर्न सक्छ। उनीहरुले कुनै पनि कागज जुटाउन असमर्थ भए।’

उनीहरु काम गर्न नै भनेर विद्यार्थी भिसाको आवारणमा आएकोले डिपोर्ट हुने फैसला भएको उनले बताए। डिपोर्ट भएपछि ५ वर्ष रुस आउन पाइँदैन। दुई वर्ष अघिपनि १५ जना विद्यार्थीलाई १४ दिनभित्र जेलमा राखेर डिपोर्ट गरिदिएको थियो।

‘जुन कम्पनीको लागि वर्कपरमिट लिएको छ। त्यो कम्पनीमा मात्रै काम गर्नुपर्छ। अरु कम्पनीमा जान पाइँदैन। त्यो हुने बित्तिकै सिधै डिपोर्ट गर्छ। धेरै मान्छेले लोभ देखाएर मान्छे ल्याउने, बिचल्ली बनाउने, बाहिर पठाउने भनेर रसियालाई ट्रान्जिट बनाएको छ,’ उनले भने,‘रसियामा एजेन्टको मिलोमतोमा विद्यार्थीको आवरणमा काम गर्न पठाइरहेको छ। काम गर्दा अध्यागमनले झ्याम्पै समातिहाल्छ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics