जोडिनुहोस
  • होमपेज
  • गायक योगेश वैद्यको निधनप्रति रायमाझीद्धारा दुःख व्यक्त

गायक योगेश वैद्यको निधनप्रति रायमाझीद्धारा दुःख व्यक्त

काठमाडौँ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक योगेश वैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै रायमाझीले वैद्यको निधनले मुलुकले एक असल र अनुभवी गायक गुमाएको बताएका हुन् ।

लेखक समेत रहेका रायमाझीको शब्द रचनामा पनि वैद्यले स्वर दिएका थिए । वैद्यको विशिष्ट गायन शैली सधै अमर रहने पनि उनले विश्वास लिएका छन् । “अत्यन्त मेहनती मृत्युभाषी योगेश वैद्य अब नेपाली आकाशका तारा जस्तै सधैँ चम्किरहनेछन् ।”,रायमाझीले लेखेका छन्,“नसोर शरीर हामी माझ नरहे पनि नेपालको सांगीतिक क्षेत्रमा उहाँको योगदान सधैँ अविस्मरणीय रहनेछ।”

७७ वर्षीय वैद्य लामो समयदेखि मधुमेहबाट पीडित थिए । उनको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२ः ३० बजे निधन भएको बुझिएको छ । गायक वैद्यका पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

विसं २००३ मा नरदेवीमा वैद्यले करिब ५ सय नेपाली गीत तथा १ सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर भरेका छन् । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएको समाचार बाहिर आएको थियो । उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत लोकप्रिय छन् ।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options