जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • महिला साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

महिला साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। घरेलु मैदानमा भइरहेको महिला साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्नेछ । दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा भुटानसँग बराबरी खेलेपछि नेपाललाई अब सेमिफाइनल र फाइनलका लागि तयार हुन दुई खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ । यस समूहमा रहेका सबै टिमको अघिल्लो चरण पुग्ने सम्भावना जिवितै रहेकाले नेपालका लागि माल्दिभ्सरुद्ध जित हासिल गर्नु निकै महत्वपूर्ण रहेको मूख्य प्रशिक्षक राजेन्द्र तामाङको भनाइ छ ।

भुटानविरुद्धको गोलरहित बराबरी खेलमा नेपालले थुप्रै अवसर गुमाएको थियो । अघिकांश समय बल नियन्त्रणमा लिँदै भुटानलाई निरन्तर दवाबमा राख्दा पनि गोल गर्न नसकेको नेपालले साफ इतिहासमा पहिलो पटक बराबरी खेलेको थियो भने भुटानले नेपालविरुद्ध अंक खोसेको त्यो नै पहिलो पटक थियो । खेलाडीहरुबीच ब्यक्तिवादी प्रबृत्ति हावी हुँदा नेपालले अंक बाँड्नु परेको प्रशिक्षक तामाङको बुझाइ छ ।

सावित्रा भण्डारी–साम्बा नेपाल आइपुगेकी छन् । उनी यस खेलका लागि उपलब्ध हुने प्रशिक्षक तामाङले बताए । भुटानविरुद्ध चोट बेहोरेका हिरा भुजेल र दिपा शाहीले पुरै प्रतियोगिता गुमाउने छन् । यो जोडी ९ महिना मैदान बाहिर रहने एन्फाले जनाएको छ । सावित्रा उपलब्ध हुँदा नेपाली टोली थप बलियो हुनेछ ।

जारी च्याम्यिनसिपको आफ्नो पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित माल्दिभ्स पहिलो जितको खोजीमा हुने छ । साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपालले माल्दिभ्सविरुद्ध हार बेहोरेको छैन । यस प्रतियोगितामा दुबै टोली ३ पटक आमनेसामने भएका छन् । तीनवटै खेल नेपालले जितेको छ । नेपाली महिला टोलीले माल्दिभ्सको पोस्टमा २० गोल गर्दा नेपालले सबै खेलका क्लिन सिट राखेको छ ।

दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे हुने छ । यस अघि आजै हुने समूह बीकै अर्को खेलमा साढे १ बजे बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्ने छन् ।