जोडिनुहोस
  • होमपेज
  • रवि, जीबी र छविको सम्पत्ति जफत गर्न माग

रवि, जीबी र छविको सम्पत्ति जफत गर्न माग

कास्की। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीन जना विरूद्धको मुद्दामा उनीहरूको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयल कास्कीले आइतबार लामिछानेसहित विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। दर्ता भएको मुद्दामा लामिछानेसहित, जीबी राई र छविलाल जोशीको पनि सम्पत्ति नै जफत गर्न माग गरेको हो।

लामिछानेसँगै जीबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ। गुरूङबाहेक अन्यविरूद्ध पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो।

उनीहरूविरूद्ध एक अर्ब ५१ करोड बिगो मागदाबी भएको छ।
विस्तृत विवरण आउन बाँकी।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14