जोडिनुहोस
  • होमपेज
  • रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणीः राजनैतिक प्रतिशोध भन्नु संसद्कै अपमान

रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणीः राजनैतिक प्रतिशोध भन्नु संसद्कै अपमान

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति र संसद्को अपमान गरेको टिप्पणी गरेका छन्।

गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिबारदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ। त्यसतर्फ लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ, ‘प्रचलित कानुन बमोजिम कारबाही गर्नु’ तर प्रक्रिया सुरुभएपछि– ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसद्कै अपमान होइन र?

रास्वपाको प्रदर्शनलाई न्यायालय प्रभावित गर्ने ‘भ्रम–प्रयास वैकल्पिक राजनीति? कि विधि उपर समेतको ठगी?’ भन्दै शर्माले प्रश्न गरेका छन्।

शर्माले रास्वपालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन्। उनी भन्छन्, ‘कांग्रेसका दुई–चार, एमालेका दुई–चार, माओवादी, राप्रपा र रास्वपाका दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौँ। अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ। सडक विलापको जगहँसाई नगरौँ।’

पार्टीका अन्धभक्तहरूले दल सुधार्न र देश बनाउन नसक्ने उल्लेख गरे। शर्माले लोभ र डरले कसैको इमानदार विवेक ध्वस्त बनाउँदा उत्तेजना भर्ने र भ्रम छर्ने कार्य हुने गरेको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV